बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु « Khabarhub

बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मंगलबार बिहान बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भएर भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्री कोइरालाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कोइरालाको उपचारकोक्रममा सिभिल अस्पतालमा मृत्युभ एको हो ।

कोइराला सरकारी कर्मचारी नायब सुब्बा भएको खुलेको छ । प्रहरीले ट्रक चालक गोर्खा घर भएका विकास थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ११ : ४२ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले