चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए « Khabarhub

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायबव उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरिएको हो ।

उनको साथबाट सेल्फ लोडेड राइफल इन्सास एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद भएको छ ।

सादा पोसाकमा खटिएको प्रहरीले उनको साथबाट रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने गोली एक राउन्ड, एउटा खुकुरी र बञ्चरोसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : ४१ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत