निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द « Khabarhub

निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द गरिएको छ ।

निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

मोरङको करिब ६३ किलोमिटर भारतसँगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुवै तर्फका सुरक्षा निकायहरूले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका छन् ।

प्रमुख नाका तथा सहायक मार्गहरूमा चेकजाँच कडा पारिएको छ भने साना–ठूला सबै प्रकारका आवागमनमा निगरानी राखिएको छ । सीमा क्षेत्रमा अस्थायी सुरक्षा पोस्टसमेत स्थापना गरिएको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : २८ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६