निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता « Khabarhub

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो । 

ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए । 

‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,’ उनले भने, ‘सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।’

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ । 

‘सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारीसाधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएको छ,’ ट्राफिक प्रहरी नायब उपरीक्षक शाहले भने, ‘निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको छ ।’
 
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ। साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : २० बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको