मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन् « Khabarhub

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका करिब १७ लाख २९ हजार नेपालीको सुरक्षाबारे चिन्ता बढिरहेका बेला यूएईमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा सेन्ट्रल एसिया, पश्चिम एसिया र अफ्रिका डिभिजन प्रमुख सहसचिव रामकाजी खड्काले गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको इरानी ड्रोन आक्रमणमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म एक जनाबाहेक अन्य नेपाली सुरक्षित छन् र घाइते भएको कुनै विवरण आएको छैन।

इरानमा आक्रमण सुरु भएयता मन्त्रालयले सोमबार पहिलो र मंगलबार दोस्रो ब्रिफिङ गरेको हो। खड्काले मध्यपूर्व क्षेत्रसँग नेपालको कूटनीतिक सम्बन्ध राम्रो रहेको र सम्बन्धित मुलुकका सरकारले नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिएको बताए।

मंगलबारकै निर्णयअनुसार परराष्ट्र सचिवको नेतृत्वमा विभिन्न मन्त्रालयका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय ‘रेस्पोन्स टिम’ गठन गरिएको छ। साथै, सम्बन्धित देशका नेपाली दूतावासलाई नियमित रूपमा अवस्थाबारे प्रतिवेदन पठाउन निर्देशन दिइएको छ।

इजरायलमा मंगलबार बिहान साढे १० बजेसम्म नेपालीमाथि कुनै आक्रमण नभएको र उनीहरूको अवस्था सामान्य रहेको जानकारी आएको मन्त्रालयले जनाएको छ।

इजरायल डिफेन्स फोर्सेज अन्तर्गतको होम फ्रन्ट कमान्डले शनिबारसम्म सामाजिक गतिविधि र विद्यालय बन्द गराएको छ। तेलअभिभमा दुई र बेतसेनेसमा नौ जना गरी ११ जना इजरायली नागरिकको मृत्यु भएको जनाइएको छ, तर नेपाली परेका छैनन्।

कतारको दोहामा रहेका नेपालीहरू पनि सुरक्षित रहेको जानकारी आएको छ। दोहास्थित नेपाली दूतावासले सूचना नम्बर २ जारी गर्दै सबै नेपाली सुरक्षित रहेको जनाएको छ।

कतारको हवाई क्षेत्र बन्द भएकाले ट्रान्जिटमा रहेका नेपालीहरू होटलमा बसिरहेका छन् र सम्बन्धित एयरलाइन्सले खानाबस्नको व्यवस्था मिलाइरहेका छन्।

इरानमा रहेका ६ जना नेपाली दूतावासको सम्पर्कमा छन्। साउदी अरेबियाको पूर्वी क्षेत्रमा पर्ने रास तनोरा रिफाइनरीमा आगलागी भएको तथा रियादको डिप्लोम्याटिक क्वार्टरमा दुईवटा ड्रोन प्रहार भएको खबर आएको मन्त्रालयले जनाएको छ।

विभिन्न विमानस्थलमा ट्रान्जिटमा रहेका केही नेपाली सम्बन्धित देशका सरकारको समन्वयमा होटलमा राखिएका छन्। प्राथमिकताका साथ स्वदेश फर्काउने प्रयास भए पनि अवस्था थप बिग्रिएकाले ठोस निर्णय हुन सकेको छैन।

बहराइनको मनामामा पनि निरन्तर आक्रमण भइरहेको र त्यहाँस्थित अमेरिकी सैन्य अड्डामा ठूलो क्षति पुगेको खबर आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : ५७ बजे

अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका

पार्टीमा विग्रह बढाउँदै कांग्रेसको ‘जरा अभियान’

काठमाडौं- २१ फागुनको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नेपाली कांग्रेस अहिले

यी १२ बुँदामार्फत् बालेनले कोर्न खोज्दैछन् देश विकासको नयाँ खाका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले फागुन २१ गतेको निर्वाचनपछि संसद्‍मा

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर– जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह

बिस्का जात्रा : नयाँ वर्षको दिन ५५ हाते लिंगो ढालियो

काठमाडौं– भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट