रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन « Khabarhub

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको जनाएको छ।

अमेरिकी र इजरायली आक्रमण चार दिनदेखि जारी रहेका बेला रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले यस्तो बताएका हुन्।

ब्रुनाइमा बोल्दै लाभरोभले भने, ‘हामीले अझैसम्म इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण देखेका छैनौँ। यही आरोप नै युद्धको मुख्य कारण थियो, जसलाई अमेरिकाले एक मात्रै औचित्यका रूपमा प्रस्तुत गरेको थियो।’

उनले इरानमाथिको आक्रमणका प्रभाव क्षेत्रभरि महसुस भइरहेको उल्लेख गर्दै अरब देशहरूले आर्थिक भार बेहोर्नुपरेको बताए। उनले अनावश्यक थोपरिएको युद्धले मानवीय क्षति पनि व्यहोर्नुपरेको बताए।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : १६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म