नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान « Khabarhub

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको छ । बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको उक्त सडक यस वर्ष नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर कालोपत्र गर्न बोलपत्र आह्वान गरिएको हो । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार यही फागुन १७ गते सार्वजनिक सूचनामार्फत ठेक्का आह्वान गरिएको हो । यसका लागि कुल ९१ करोड ६६ लाख बजेट स्वीकृत भइसकेको छ । 

ठेक्का प्रक्रियाबाट स्वीकृत प्रस्तावअनुसार लागत निर्धारण गरिने छ । नाग्मदेखि देवारगाउँसम्मको १५ किलोमिटर खण्डमा उच्चस्तरीय कालोपत्र, विशेषगरी अस्फाल्ट कङ्क्रिट प्रविधि प्रयोग हुने भएको छ । 

नाग्म–गमगढी राजमार्गका लागि बहुवर्षीय बजेटसमेत स्वीकृत भइसकेकाले दीर्घकालीन रूपमा निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको कार्यालय प्रमुख महताराको भनाइ छ ।

चार वर्षअगाडि यहाँको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा करिब ६ किलोमिटर मात्र कालोपत्र गरिएको थियो । बजेटको सुनिश्चिता नहुँदा नाग्म–गमगढी सडक स्तरवृद्धि हुन सकेको थिएन । अब बजेटको सुनिश्चित भएसँगै कालोपत्रको कामलाई तीव्र गतिमा अगाडि बढ्ने प्रमुख महताराले बताए।  

नाग्म–गमगढी सडक स्तरवृद्धि नहुँदा राराताल आउने पर्यटकलाई सास्ती हुने गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : २७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा