सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा « Khabarhub

सर्वोच्चसहितका सरकारी निकाय जलाउने १३ जनाविरुद्ध चुनावकै मुखमा चलाइयो मुद्दा


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने १३ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले बताए।

सर्वोच्च अदालत जलाएको अभियोगमा सुनील श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर भएको छ ।

श्रेष्ठ, थापा, मगर, पराजुलीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा आगजनी गरेर एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँमा बराबरको क्षति पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ ।

त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशीष गुरुङविरुद्ध आपराधिक उपद्रो र डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै प्रहरी वृत्त बौद्ध जनाएको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा चलाइएको छ ।

प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलेको छ ।

सर्वोच्च अदालतले भदौ २४ गतेको घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो ।

सर्वोच्च प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर उनीहरूविरुद्ध मुद्दा चलाएको हो। यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय नगरेका महेन्द्र गौतमविरुद्ध पनि अब प्रक्रिया अघि बढ्ने भएको छ।

उनलाई उच्च अदालत पाटनको सरकारी वकिल कार्यालयले मुद्दा चल्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : ३९ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै