कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित « Khabarhub

कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई उडान अनिश्चित भएको छ।

कतार एयरवेजले मंगलबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत क्षेत्रीय एयरस्पेस बन्द भएका कारण उडानका सबै अपरेसन केही समयका लागि स्थगित गरिएको जनाएको छ।

एयरस्पेस सुरक्षित खुल्ने घोषणा भएपछि मात्रै उडानहरू पुनः सुरू हुने कतार एयरवेजले जनाएको छ। कम्पनीले अर्को अपडेट ४ मार्चको बिहान ९ बजे सम्म दिने जानकारी दिएको छ।

त्यस्तै, एतिहाद एयरवेजले पनि अबू धाबीबाट सञ्चालन हुने सबै नियमित उडानहरू यूएई समयानुसार ५ मार्चसम्म स्थगित गरिएको जनाएको छ।

केही विशेष, कार्गो र प्रत्यावर्तन उडानहरू मात्रै यूएई अधिकारीको अनुमति पाएपछि सञ्चालन हुन सक्नेछन्। यात्रुलाई एयरपोर्टमा जानुअघि कम्पनीसँग प्रत्यक्ष सम्पर्क गर्न निर्देशन दिइएको छ।

बिनापक्का टिकट प्रवेश अनुमति नहुने जनाइएको छ। यात्रुहरूले आफ्नो उडानको अवस्था कम्पनीको वेबसाइटमा जाँच गर्न र सम्पर्क विवरण अद्यावधिक गर्न पनि सुझाव दिइएको छ।

कम्पनीले २८ फेब्रुअरीसम्म जारी टिकट र १० मार्चसम्मको यात्रा गर्ने यात्रुहरूलाई ३१ मार्चसम्म बिना अतिरिक्त शुल्क नयाँ मिति लिन सक्ने व्यवस्था गरेको छ।

१० मार्चसम्मको उडानका यात्रुहरूले रिफंडको लागि आवेदन गर्न सक्नेछन् वा आफ्ना ट्राभल एजेन्टसँग सम्पर्क गर्न सक्नेछन्।

एयरलाइनले यात्रुको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको र सबै सेवाहरू सुरक्षा मापदण्ड पूरा भएपछि मात्रै सुरु हुने जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : ०३ बजे

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने