पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति « Khabarhub

पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरणसम्बन्धी समाचार प्रकाशित भएपछि सुवेदीलाई सामाजिक सञ्जाल र फोनमार्फत धम्की आएको उल्लेख गरिएको छ।

पत्रकार राजु सुवेदीले बागलुङमा सार्वजनिक जग्गा अतिक्रमण गर्दा राजनीतिक पहुँचको आडमा ढाकछोप गरिएको विषयमा समाचार प्रकाशन गरेका थिए । साथै, आर्थिक चलखेलमार्फत भारतीय नागरिकतावाहकलाई नेपाली नागरिकता दिएको विषयमा समेत समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रकाशन भएपछि सुवेदीलाई फोन र एसएमएसमार्फत ज्यान मार्ने धम्की आएको थियो ।

महासंघ काठमाडौं शाखाका अनुसार समाचारप्रति असहमति भए प्रचलित कानुनी तथा विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा पत्रकारलाई लक्षित गरी धम्की दिनु निन्दनीय कार्य भएको बताइएको छ। यस्तो गतिविधि प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण भएको महासंघको ठहर छ।

महासंघले धम्की दिने व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न र निर्भीक रूपमा समाचार संकलन–प्रकाशन गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : १३ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ