चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार « Khabarhub

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चुनाव विश्लेषणसम्बन्धी सामग्री हटाउन वा सम्पादन गर्न दिएको निर्देशनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले मङ्गलबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । अनलाइन पत्रिका सेतोपाटीले निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको निर्देशनविरुद्ध रिट दायर गरेको थियो ।

फागुन ४ गते चितवन क्षेत्र नम्बर ३ को चुनावी विश्लेषण प्रकाशित गरेपछि उक्त सामग्रीले निर्वाचन तथा पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिलले सेतोपाटीसँग स्पष्टीकरण मागेको थियो ।

आयोग र काउन्सिलले सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको दाबी गर्दै सेतोपाटीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको जिकिरसहित सर्वोच्चमा रिट दायर गरेको हो ।

मङ्गलबारको सुनुवाइमा अदालतले तत्काल अन्तरिम आदेश दिन आवश्यक नदेखिएको ठहर गर्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : २४ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति