डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’ « Khabarhub

डोनाल्ड ट्रम्पले भने : इरान वार्ता चाहन्छ, तर ‘अब ढिलो भइसक्यो’


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी सैन्य द्वन्द्व आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता गर्न इच्छुक रहे पनि अब ढिलो भइसकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानको रक्षा प्रणाली र नेतृत्व संरचना लगभग ध्वस्त भइसकेको दाबी गर्दै इरानको एयर डिफेन्स, एयर फोर्स र नेवी ठूलो क्षतिमा परेको बताएका छन् । यद्यपि, यसअघि आइतबार उनले इरानी नेताहरूसँग वार्ताका लागि आफू तयार रहेको संकेत दिएका थिए । यसले अमेरिकी धारणा र रणनीतिबारे मिश्रित सन्देश गएको विश्लेषण गरिएको छ।

उता, रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले इरानसँग वार्ता गर्ने तयारी गरेका छन् । मध्यपूर्व क्षेत्रमा भइरहेको आक्रमण रोक्ने र बढ्दो तनाव कम गर्ने उद्देश्यले कूटनीतिक पहल अघि बढाइएको जनाइएको छ ।

पुटिनले साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र कतारका अमिर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोन वार्ता गरिसकेका छन् । दुवै नेताले जारी द्वन्द्वका गम्भीर परिणामबारे चिन्ता व्यक्त गर्दै तनाव घटाउन कूटनीतिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् ।

लगातार चर्किँदै गएको यस द्वन्द्वले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनाएको छ भने अन्तर्राष्ट्रिय समुदायले संयमता र वार्ताको मार्ग अपनाउन आह्वान गरिरहेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ८ : ५२ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल