आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित « Khabarhub

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ । २ सय २७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता आफ्नै घरेलु मैदान इडेन गार्डेनमा १६ ओभर मात्र टिक्न सक्यो र १ सय ६१ रनमा अलआउट भयो ।

जारी सिजनमा हैदराबादको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा टोली रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । यता कोलकाताको भने यो लगातार दोस्रो हार हो । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग स्तब्ध भएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा कोलकाताले पहिलो ओभरमै २५ रन जोड्दै आक्रामक सुरुवात गरेको थियो । ओपनर फिन एलनले पहिलो ओभरमा ३ चौका र २ छक्का प्रहार गरे पनि दोस्रो ओभरमा २८ रन बनाउँदा आउट भए । ७ बल खेलेका उनले कुल ४ चौका र २ छक्का प्रहार गरे । गत महिना सम्पन्न ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध यसै मैदानमा शतक प्रहार गर्दै न्युजिल्यान्डलाई फाइनल पुर्‍याएका एलनले बिहीबार भने ठूलो इनिङ्स खेल्न सकेनन् ।

कोलकाताका कप्तान एवं ओपनर अजिन्क्या रहानेले १० बलमा मात्र ८ रन जोड्न सके । मध्यक्रमका ब्याटर क्यामरन ग्रिन २ रनमा आउट भए भने अंगकृष रघुवंशीले २९ बलमा ६ चौका र २ छक्कासहित ५२ रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । ग्रिन र रघुवंशी दुवै रनआउटको सिकार भएका थिए । यस्तै अनुकुल रोय पहिलो बलमै क्याच आउट हुन पुगे ।

हैदराबादका बलरहरूले कसिलो बलिङ गरेपछि कोलकाताको पारी सस्तैमा समेटियो र हैदराबादले प्रतियोगितामा पहिलो दुई अंक जोड्न सफल भयो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्