एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।

बैठकमा बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने बताइएको छ । थापाको उक्त भाषणपछि एमालेभित्र ठूलो तरंग पैदा भएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने जानकारी दिएका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभामा संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका थिए ।

आजको बैठकमा थापाको पछिल्लो राजनीतिक अडान र अभिव्यक्तिबाहेक अन्य समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्ययोजनाबारे पनि छलफल हुने कार्यतालिका छ । आधिकारिक नीतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै नेतृत्व तहमा थापाको आलोचना भएपछि आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ४१ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने