लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ।

केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बिहीबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : ५७ बजे

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका

कुमारी बैंकले मनायो २५ औँ वार्षिकोत्सव

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

एजेन्सी– पछिल्लो अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य