काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल पार्टी सभामुखको निर्वाचनमै केन्द्रित भएकाले उपसभामुखबारे छलफल हुन नसकेको स्पष्ट पारे।
‘अहिले हामी सभामुखको निर्वाचनमा केन्द्रित छौँ। उपसभामुखको विषयमा छलफल गर्ने अवसर नै पाएका छैनौँ,’ उनले भने, ‘सभामुखको निर्वाचनपछि मात्रै यसबारे पार्टीभित्र औपचारिक छलफल हुन्छ।’
उनले सभामुख पद आफैंमा मर्यादित र महत्वपूर्ण भएकाले पार्टीको ध्यान त्यसैमा केन्द्रित भएको पनि उल्लेख गरे ।संविधानअनुसार सभामुख सत्तापक्षबाट चयन भए उपसभामुख भने प्रतिपक्षलाई दिनुपर्ने व्यवस्था छ।
हाल सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले गुरु बराललाई अघि सारेको छ। अन्य दलहरू पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्।













प्रतिक्रिया