मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस « Khabarhub

मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६९ औँ राष्ट्रिय सहकारी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाइएको छ ।

२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा भक्तपुरमा विभिन्न सहकारी संस्थाहरूले प्रभातफेरी कार्यक्रमको आयोजना गरेका छन् ।

उनीहरुले सहकारी एकता जिन्दावाद, छरिएको स्रोत एकत्रित गरौँ, स्थानीय वस्तुको सदुपयोग गरौँ, एकका लागि सबै, सवैका लागि एक, गैर सदस्यको निक्षेप स्वीकार नगरौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस वर्ष “उद्यमशीलता र पारदर्शिता: सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित दिवस मनाइएको हो ।

देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।