सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला « Khabarhub

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री पिट हेगसेथले सेना प्रमुख जनरल र्‍यान्डी ए जर्जलाई तत्काल पदबाट हट्न निर्देशन दिएका छन् । युद्ध मन्त्रालयका प्रवक्ता सीन पर्नेलले बिहीबार जनरल जर्जले पद छाड्न लागेको घोषणा गरेका हुन् । यद्यपि, युद्धको संवेदनशील समयमा लिइएको यो आकस्मिक निर्णयको ठोस कारण भने खुलाइएको छैन ।

हेगसेथले गत जनवरीमा पद सम्हालेयता अमेरिकी सेनाका उच्च अधिकारीहरूलाई हटाउने क्रम चलिरहेको छ । युद्धमन्त्री हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो योजना र एजेण्डालाई प्रभावकारी रूपमा लागू गर्न सेनाको साथ खोजिरहेका बेला पछिल्लो घटनाक्रम विकास भएको हो । सेनामा आफूले भनेको कुरा अक्षरशः मान्न आनाकानी गर्ने अधिकारीलाई हेगसेथले निशाना बनाएको विश्लेषण गरिएको छ ।

सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा सेना प्रमुख नियुक्त भएका ६१ वर्षीय जनरल जर्जले इराक र अफगानिस्तान युद्धमा लामो समय सेवा गरेका थिए । उनले सेनामा नयाँ प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र सस्तो मिसाइल इन्टरसेप्टर ड्रोनको प्रयोगमा महत्त्वपूर्ण योगदान दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार बढुवा सूचीमा रहेका २९ सैन्य अधिकारीमध्ये चार जनाको नाम युद्धमन्त्रीले हटाउन खोजेपछि दुई जनाबीच विवाद चर्किएको थियो ।

यसैबीच, युद्धमन्त्रीले बिहीबार अन्य दुई वरिष्ठ अधिकारीहरूलाई पनि बर्खास्त गरेका छन् । सेनाको आधुनिकीकरण कमान्डका प्रमुख जनरल डेभिड एम होड्ने र चीफ अफ च्याप्लेन्स मेजर जनरल विलियम ग्रीन जुनियरलाई पदबाट हटाइएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । यद्यपि पेन्टागनले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : २१ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति