सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य « Khabarhub

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी रहेको बताएका छन् । 

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नियत खराब राखेर सहकारी संस्था सञ्चालन गरेका केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम भइरहेको बताए । उनले त्यस्ता सहकारी संस्थालाई नियमन गर्ने काम भइरहेको स्पष्ट पारे ।

‘गलत उद्देश्य बोकेर आएका सहकारीका कारण सहकारी क्षेत्र शंकाको घेराभित्र पर्न गइरहेको छ । बाहिरबाट आएर पैसा कुम्ल्याएर गएका उदाहरणहरू छन्’, मुख्यमन्त्री आचार्यले भने, ‘बुटवलमा सुप्रिम सहकारी संस्थामा आबद्ध भएका अहिले अलपत्र परिरहेको अवस्था छ । त्यहाँको पैसा कहाँ गयो रु कसले लग्यो । त्यो सञ्चालन गर्ने सञ्चालकहरू कति भरपर्दा थिए रु हामीले जाँच–पड्ताल गरेनौँ ।’

मुख्यमन्त्री आचार्यले सहकारी संस्थाहरू सर्वसाधारण नागरिकको सारथी बनेकामा खुसी व्यक्त गरे।

 ‘सर्वसाधारण जनताको सारथी सहकारी बनेको छ । साहु–महाजनको घरमा ऋणका लागि धाउनुपरेको छैन’, उनले भने, ‘साना–तिना व्यवहारहरू सहकारीको माध्यमबाट समाधान भइरहेका छन् ।’

प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले सहकारी संस्थाहरूको कामप्रति प्रोत्साहन र नियमन दुवै दृष्टिकोणबाट काम अघि बढाएको जानकारी दिए । सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहमा रहेका सहकारीहरूलाई ध्यानमा राखेर काम भइरहेको उनको भनाइ थियो ।

प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले असल अभ्यासलाई सिकाइका रूपमा लिँदै समस्या नआओस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए। तीन तहका संरचना रहेको र एकीकृत रूपमा काम गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको उनको धारणा थियो ।

मन्त्रालयका प्रशासन तथा सहकारी विकास महाशाखाका उपसचिव मञ्जु पाण्डेले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुँदै गइरहेका बताए। 

प्रदेश मातहतमा ८४८ सहकारी संस्था रहेको र ती संस्थाहरूको अनुगमन तथा नियमनको पक्षलाई व्यवस्थित बनाइएको उनले स्पष्ट पारे। आर्थिक वर्ष २०८१-८२ र चालु आर्थिक वर्ष २०८२-८३ को तुलना गर्दा चालु आर्थिक वर्षमा सहकारी संस्था परिचालनको काम प्रभावकारी बनेको उपसचिव पाण्डेले बताए।

प्रदेशका बहुउद्देश्यीय, बचत तथा ऋण र उत्पादन गरी ३३ सहकारी संस्थाका समस्याबारे सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी प्राप्त भएका छन् । समस्या समाधानका लागि आठ सहकारीविरुद्ध अदालतमा मुद्दा दायर भई कारबाही अगाडि बढेको छ । 

दुवै पक्षलाई राखेर छलफल गरी बचत फिर्ताका लागि सात सहकारीसँग सम्झौता गराइएको छ भने १२  सहकारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीमा पठाइएको छ ।

तीन सहकारी संस्थाको अदालतबाट मुद्दा फैसला भई रकम असुलीको प्रक्रिया अगाडि बढेको छ भने तीन सहकारी संस्थाका सञ्चालक समितिको निवेदनपछि अध्ययन गरी प्रतिवेदन प्राप्त भएको सो अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ३३ बजे

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट