जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति जबाफदेही भएर काम गर्ने बताएका छन् । 

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा जबाफदेही हुने र कुनै पनि नराम्रा काम नगर्ने बताएका हुन् ।

उनले राजनीतिको मूल नीति सफा भएको भन्दै निष्कलंकित भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दा गर्व गर्ने गरी काम गर्ने धारणा राखे ।

मन्त्री तिमिल्सिनाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम रहेकाले परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने चिन्ता रहेको बताए ।

उनले सार्वजनिक निकायमा हाबी भएको नकारात्मकतालाई सुधार गर्दै उनीहरूलाई देश बनाउने अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।

देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने उल्लेख गर्दै उनले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको धारणा राखे । उनले सबै जना इमानदार र जिम्मेवार भएमा संस्था मात्र नभई देश पनि सुन्दर बन्ने बताए । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ५२ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत