कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती « Khabarhub

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट उत्पन्न धुवाँधुलोका कारण आजित भएका स्थानीय बासिन्दाले आज सडक अवरुद्ध पारेका छन् । 

निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको भन्दै लहानका बासिन्दाले यातायात सेवा ठप्प पारेका हुन् । 

यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो । सन् २०२० अक्टोबरदेखि निर्माण कार्य सुरु भएको थियो ।  योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् सन् २०२३ अक्टोबरसम्ममा ८६.८२ किलोमिटर लामो यो सडकखण्ड विस्तार गरिसक्नुपर्ने थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप गरिसकिएको छ । 

पहिलोपटक १४ महिना, दोस्रोपटक १२ महिना र हालै तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पुर्‍याइएको छ । आयोजनाको कूल लागत भेरिएसनसहित करिब १६ अर्ब आठ करोड ५० लाख अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंकको ७१ दशमलव २२ प्रतिशत ऋण र नेपाल सरकारको २८ दशमलव ७८ प्रतिशत लगानी रहेको छ । 

पाँच वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ६९ प्रतिशत मात्र पुगेको छ । आयोजनाको पूर्वी खण्ड (३९.४२ किमि) मा करिब ६७ प्रतिशत र पश्चिम खण्ड (४७.४ किमि) मा ५५ देखि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

कोभिड–१९ महामारी, रूख कटान र विद्युत्का पोल सार्ने जस्ता काममा ढिलाइ, निर्माण सामग्रीको अभाव र स्थानीयको अवरोधका कारण कामले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठको भनाइ छ । 

सडक विस्तारको सुस्त गतिले लहान र मिर्चैया जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन् । स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै  अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम बढेको छ । 

योजना प्रमुख श्रेष्ठले भने, ‘हामीले ठेकेदार र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौँ ।’

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ३ : ०० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।