फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन « Khabarhub

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले गहिरो असन्तुष्टि जनाएकी छन्।

विवादका कारण थाइल्यान्डमा आयोजना हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएपछि टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित भएको हो।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै सुब्बाले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन्।

उनले एक दशकसम्मको कठिन मेहनत केही समयको स्वार्थ र राजनीतिक खिचातानीका कारण खेर गएको बताएकी छन्।

‘१० वर्षको मेहनतलाई खरानी बनाउन १० मिनेट पनि लागेन,’ उनले भनेकी छन् । खेलाडीहरूले घाम, पानी, चोटपटक र अभाव सहेर बनाएको उपलब्धि यत्तिकै नष्ट भएको उनले उल्लेख गरेकी छन्।

अन्तर्राष्ट्रिय खेल खेल्ने अवसरलाई खेलाडीको लागि ‘पर्व’ र ‘सपनाको शिखर’सँग तुलना गर्दै उनले अन्तिम समयमा राजनीतिक कारणले अवसर खोसिँदा हुने पीडा गहिरो हुने बताइन्।

सुब्बाले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न आग्रह गर्दै खेलाडीको भविष्यसँग खेलबाड नगर्न चेतावनीसमेत दिएकी छन्। ‘हामी देशका लागि खेल्न चाहन्छौँ, कसैको अहंकारका लागि होइन,’ उनले लेखेकी छन्।

उनले अहिलेको अवस्थाले नयाँ पुस्तामा समेत निराशा फैलाउने खतरा रहेको औंल्याउँदै खेलकुद क्षेत्रका जिम्मेवार निकायहरूलाई गम्भीर बन्न आग्रह गरेकी छन्।

एन्फा र राखेपबीचको विवादले नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट बाहिरिनु परेको घटनाले समग्र खेल क्षेत्रमै चिन्ता बढाएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ४ : ४९ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले