गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ « Khabarhub

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताएका छन् । 

आज यहाँ आयोजित ६९औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उनले सहकारीले समाजमा रहेका दुःखी, गरिबको साहरा बनेर काम गरेको र अझै गर्नुपर्ने बताए। 

उनले भने, ‘सहकारी बलियो बन्यो भनेमात्र देशको अर्थतन्त्र बलियो बन्दै दुःखी गरिबको साहारा बन्ने छ ।’

जिल्ला सहकारी सङ्घले आयोजना गरेको सो कार्यक्रममा उनले आगामी दिनमा सहकारीलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताए। नेपालमा पहिलोपटक सहकारी स्थापना गरी देशको समृद्धिको यात्रा सुरु गरेको चितवनले अझै यसलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारी बलियो भयो भनेमात्र देशको समृद्धि हुने बताए। समाजको विकासका लागि सहकारी आवश्यक छ । चितवनलाई सहकारीको उद्गम थलोका रूपमा विकास गर्दै अझै सशक्त बनाउन आवश्यक रहेको उनले बताए।

भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले समाजको आर्थिक मेरुदण्डका रूपमा सहकारी अघि बढेको बताए। बखानसिंह गुरुङको सोच अहिले देशभरि फैलिएको भन्दै यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

सहकारी सङ्घ चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्थाहरू कमजोर बन्न नदिनका लागि तीनै तहका सरकारहरू एक भएर लाग्न आवश्यक रहेको बताए। चितवनलाई सहकारीको जननिका रूपमा लिइँदै आइएको छ । कार्यक्रमअघि दिवसका अवसरमा प्रभातफेरी पनि गरिएको थियो । 
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : २२ बजे

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने