साप्ताहिक अर्थसंक्षेप : आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण, भारतको सहयोगमा थप सात विकास परियोजना अघि बढ्ने र राजस्व चुहावट नियन्त्रण अभियानकै रुपमा चलाइने « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण, भारतको सहयोगमा थप सात विकास परियोजना अघि बढ्ने र राजस्व चुहावट नियन्त्रण अभियानकै रुपमा चलाइने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७‍.७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह रु एक खर्ब ८८ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड बराबर थियो ।

सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भएर १० अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

कुमारी बैंकले मनायो २५ औँ वार्षिकोत्सव

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

बजाजको क्यूआर क्याम्पेन 

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका वास्तविकतामा तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकीकृत कृषि फर्म भने कृषि जान्न र बुझ्न चाहने जो कोहीका लागि राम्रै पाठशाला बनेको छ ।

एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइने यस फर्ममा कुल २७ रोपनी क्षेत्रफलमा बहुप्रजातिका कृषिजन्य उत्पादन गरिँदै आइएको छ ।

शिक्षण पेसामा लामो समय विताएका वासुराज कडरियाले आफू पेसामा रहँदैदेखि सुरु गरेको कृषिकर्मीलाई सेवा निवृत्त जीवनमा अझै सकृयताका साथ त्यसलाई व्यवस्थित गराउँदै ल्याएका हुन् ।

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

नदी कटान रोक्न जैविक तटबन्ध

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

गैरकानुनी रुपमा रोकेको २२ अर्बको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्कासन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशीघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको छ ।

इप्पानले बुधवार सीडीएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो ।

जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

अरुण तेस्रो जलविद्युत् आयोजना : तलब नपाएपछि काम ठप्प पारेर आन्दोलनमा मजदुर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि पुँजीबजारका कारोबारी तर्सिएको देखिएको छ । बालेनको नेतृत्वमा सरकार बनेपछि नेप्से दुई दिनदेखि निरन्तर ओरालो लागेको देखिएको हो ।

बालेन नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद्को बैठकबाट नै सरकारले शासकीय सुधारको क्षेत्रमा आगामी दिनमा गर्ने १ सय कार्यसूची अघि सारेको छ । जसमा सम्पत्तिको डिजिटल तथ्यांक सुरुवात गर्नेदेखि निजी क्षेत्रलाई स्वस्थ प्रवर्द्धन गर्नेसम्मका विषय छन् ।

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

चिनियाँ कम्पनीले पायो नागढुङ्गा सुरुङमार्ग चलाउने ठेक्का

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

श्रीलंकाद्वारा ३९ देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : २४ बजे

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०

राष्ट्र बैंकबाट भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने

केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको