एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध « Khabarhub

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ।

करिब ६ घण्टासम्म कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा संसदीय दलको नेताको निर्वाचनबारे गम्भीर छलफल भएको महासचिव शंकर पोखरेलले बताएका छन् ।

त्यस बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले बिहीबार गरेको प्रतिनिधिसभाको सम्बोधन, नेता-कार्यकर्तामाथि साइबर आक्रमण, सरकारले गरेको विद्यार्थी संगठन खारेजी प्रस्ताव र सरकारी विज्ञापन नीतिका विषयमा महत्वपूर्ण निर्णय तथा प्रस्ताव पारित गरेको पोखरेलले बताए ।

बैठकले बिहीबार सम्पन्न नेकपा (एमाले) संसदीय दलको नेताको निर्वाचनलाई पूर्ण रूपमा लोकतान्त्रिक प्रक्रियाअनुसार भएको स्पष्ट पारेको छ ।

निर्वाचन समितिले पार्टीका उपाध्यक्ष तथा सांसद रामबहादुर थापालाई निर्विरोध निर्वाचित घोषणा गरेको थियो ।

बैठकले ‘पार्टीको तर्फबाट कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन’भनेर दलको नेताको निर्वाचनलाई सम्मान गर्न आग्रह गरेको छ। एमालेले त्यसबारे अन्यथा टिप्पणी नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।

बैठकले थापालाई सर्वसम्मत दलको नेतामा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पहिलो बैठकको सम्बोधन

बैठकले चैत १९ गते संसदीय दलका नेताले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधनमाथि गम्भीर छलफल गरेको जनाएको छ ।

पार्टीले नेपाली सेना, सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध पूर्ववत् मित्रवत् रहेको र भविष्यमा थप सुदृढ बनाउने स्पष्ट गरेको छ ।

त्यसैगरी, बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको संक्षिप्त समीक्षा गर्दै जनमतलाई सम्मान गरिएको पोखरेलले बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकोमा एमालेले बधाई ज्ञापन गरेको छ । निर्वाचनमा सहभागी मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजलाई पनि एमालेले धन्यवाद दिएको छ ।

साइबर आक्रमणको निन्दा

बैठकले पार्टीका नेता, कार्यकर्ता तथा विशेष गरी महिला दिदीबहिनीहरूमाथि भइरहेको निरन्तर साइबर आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ ।

नियोजित आक्रमणविरुद्ध कडा प्रतिवाद गर्न र कानुनी उपचार खोज्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । साइबर आक्रमणमा संलग्नहरूमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

सरकारका निर्णयको विरोध

बैठकले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ । अविलम्ब यो निर्णय फिर्ता लिन माग गरेको छ ।

सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने निर्णयलाई स्वतन्त्र प्रेसको भूमिका कमजोर पार्ने र प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै कडा विरोध गरेको छ । त्यो निर्णय तत्काल फिर्ता लिन एमालेले माग गरेको छ ।

पश्चिम एसिया तनाव

बैठकले पश्चिम एसियामा जारी हिंसाका कारण करिब २० लाख नेपाली असुरक्षित रहेको र एक नेपालीको मृत्यु भइसकेकोमा चिन्ता व्यक्त गरेको छ ।
हिंसाप्रभावित नेपालीहरूको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्कन चाहनेहरूलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : ०७ बजे

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

इलाम – लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने