ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकोमा बधाई ज्ञापन गरेको छ ।
केन्द्रीय कार्यालय च्यासल ललितपुरमा कार्यबाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको संक्षिप्त समीक्षा गर्दै जनमतलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि निर्णयमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई’ सरकार गठनमा सफल भएकोमा बधाई ।
बैठकले निर्वाचनमा विजयी भएका सम्पूर्ण सांसदहरूलाई समेत बधाई दिँदै निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी र नागरिक समाजलाई धन्यवाद ज्ञापन गरेको छ ।













प्रतिक्रिया