ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ « Khabarhub

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी कडा अभिव्यक्ति दिएका छन्। उनले आफूलाई केही थप समय प्राप्त भएमा अमेरिका सजिलै हर्मुज जलडमरु खुलाउन सक्षम हुने बताएका छन् ।

साथै उनले उक्त क्षेत्रमा तेलमाथि नियन्त्रण कायम गरेर ठूलो आर्थिक लाभ लिन सकिने दाबी गरेका छन् । ट्रम्पका अनुसार यो सम्पूर्ण विश्वका लागि ‘सुनको खानी’ सरह अवसर बन्न सक्छ।

उता इजरायलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूले पनि इरानविरुद्धको कारबाहीबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले अमेरिका र इजरायलबीच पूर्ण समन्वय रहेको बताउँदै इरानमाथि आक्रमण निरन्तर जारी रहने बताएका छन् ।

नेतन्याहूले इजरायलले इरानलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गरेका छन् । उनका अनुसार हालसम्म इरानको करिब सत्तरी प्रतिशत इस्पात उत्पादन क्षमता नष्ट भइसकेको छ, जसले इरानको समग्र शक्ति कमजोर बनाएको उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र तनाव बढिरहेका बेला अमेरिका र इजरायलका यस्ता अभिव्यक्तिले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : ३७ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी