कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प « Khabarhub

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । आइतबार बिहान करिब ५ बजे खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको मार्गमा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा ठूलो पहिरो थुप्रिएकाले दुवैतर्फबाट हुने सवारी आउजाउ रोकिएको छ । अहिले पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, सडक विस्तारको क्रममा रहेको अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–साँगा सडकखण्डमा पनि यातायात प्रभावित भएको छ । वर्षाका कारण निर्माणधीन सडक चिप्लो भएकाले सवारी साधन गुड्न नसकेका हुन् ।

ट्राफिक प्रहरीले सो सडकखण्ड भएर यात्रा गर्ने चालकलाई संयमित भएर सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । निर्माणाधीन सडक र पानीका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन प्रहरीले सचेत गराएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ८ : १७ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक