स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव  « Khabarhub

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र स्थानीय उत्पादनको प्रवर्धनमा उत्साह बढाएर स्वयम्भू महोत्सव सकिएको छ । वैशाख १२ गते सुरु भएको महोत्सव १९ गते शनिवार भगवान् पाउमा समापन गरिएको हो ।

कार्यपालिका सदस्य एवं महोत्सव व्यवस्थापन समितिका संयोजक मैयालक्ष्मी महर्जनका अनुसार पञ्चत्वका आधार मानेर वडाका ५ ठाउँमा महोत्सव सञ्चालन भएको थियो । 

किमडोललाई आकाश तत्व अर्थात् निलो रंग, चःमतिलाई जल तत्व अर्थात् सेतो रंग, विजेश्वरीलाई शक्तिको प्रतीक अर्थात् रातो रंग, डल्लु क्षेत्रलाई वायुको प्रतीक अर्थात् हरियो रंग र माल्चाटार (डल्लु आवास)लाई भूमिको प्रतीक अर्थात् पहेँलो रंगमा बिम्बित गरिएको थियो । समापनका दिन आज सहभागी स्थानीयहरू आफूलाई प्रदान गरिएको रंग संकेतका कपडामा सहभागी भएका थिए । 

समापनमा ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले स्थानीय पहिचान प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको अनुभूति व्यक्त गरे। उनले, स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा मार्ग जोडेर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने विषयमा जोड दिएका थिए । 

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन तथा विक्री, चित्रकला, सम्पदा यात्रा, बाघचाल, क्यालीजात्रा, सांस्कृतिक कार्यक्रम, प्राचीन क्षेत्रका कथा सुनाउने लगायत कार्यक्रम सञ्चालन गरिएका थिए ।

यस वर्षको महोत्सव सफल बनाउन कार्यपालिका सदस्य महर्जनको संयोजकत्वमा आर्थिक तथा समग्र व्यवस्थापन उपसमिति, वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति, वडा सदस्य अप्सरा खत्रीको संयोजकत्वमा सरसफाइ समिति र वडा सदस्य रीता मिजारको संयोजकत्वमा स्वागत तथा प्रचार प्रसार समिति गठन गरिएको थियो । 

स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्त्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन् ।

नेपाल संवत्का प्रवर्धक शंखधर साख्वाःले वालुवा उठाउँदा सुन प्राप्त गरेर त्यही सुनबाट किसानको ऋण मोचन गरिएको लखतीर्थ यस क्षेत्रको अर्को महत्त्वपूर्ण स्थान हो । प्राकृतिक विज्ञान संग्रहालय आन्तरिक तथा वाह्य पर्यटक दुवैका लागि अवलोकन योग्य स्थान हो । 

वडामा मनाइने जात्राहरुमा गुंला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।  

नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ्, गुरुङ, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ९ : ५८ बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा