कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू)  « Khabarhub

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू) 


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु लगायत विभिन्न स्थानको सुकुम्वासी बस्ती खाली गरी त्यहाँ बस्दै आएकाहरूलाई दशरथ रंगशालामा स्क्रिनिङ गरी कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थित तरिकाले राख्ने काम भइरहेको छ ।

यसरी होल्डिङ सेन्टरमा बसेका युवाहरू अहिले भने सीप सिक्न व्यस्त देखिएका छन् । सिनामंगल गैरीगाउँको सुकुम्वासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई कपडामा बुट्टा हान्ने काम सिकाइ रहेका छन् । 

सानै उमेरदेखि यही काम गर्दै आएका अन्सारीले होल्डिङ सेन्टरमा यो सीप सिक्न चाहनेहरूलाई सिकाउँदै आएका छन् । 

होल्डिङ सेन्टरमा बिना काम दिनभर यतिकै बस्नु पर्ने अवस्था थियो, अहिले यो सीप सिक्न पाउँदा राम्रो लागेको सुमिन मगरले बताए । होल्डिङ सेन्टरमा दिनभर सुत्ने, केही काम गर्न नपाइने अवस्था थियो, अहिले दाई सँग  कपडामा बुट्टा हाल्ने काम सिक्न पाउँदा समय खेर गएको जस्तो लाग्दैन, उनले भनिन् ।

रबानी अन्सारीका अनुसार यो पेशामा राम्रो कमाई गर्न सकिने र बजारमा यसको माग पनि धेरै रहेको बताए । उनले होल्डिङ सेन्टरमा मात्र नभएर सीप सिक्न चाहनेलाई नि: शुल्क रुपमा होल्डिङ सेन्टर बाहिर पनि सिकाइदिने  बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ११ : ४८ बजे

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा