सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना « Khabarhub

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताएका हुन् ।

सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यममा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जबाफदेही बनाउने प्रमुख संस्था रहेकाले यस क्षेत्रले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी बहन गर्नु आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ । 

उनले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने धारणा व्यक्त गरे । साथै, प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान रूपमा महत्त्व दिनुपर्ने उनको भनाइ छ ।

‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौतीप्रति सचेत रहनुपर्ने आश्यकता छ । यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक छ’, शुभकामना सन्देशमा भनिएको छ । 

मन्त्री डा तिमिल्सिनाले समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहने उल्लेख गर्दै सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरे ।

‘शान्तिपूर्ण भविष्यको निर्माण: मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ भन्ने नाराका साथ मनाइँदै गरेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउने विश्वाससमेत मन्त्री तिमिल्सिनाले व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १ : ०० बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक