निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ : अध्यक्ष ढकाल « Khabarhub

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ : अध्यक्ष ढकाल


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताएका छन् । 

आइतबार महासंघले ललितपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेकोमा अहिले दृष्टिकोण परिवर्तन हुँदै गएको र मुलुकको विकासका लागि योगदान दिने क्षेत्रका रुपमा हेर्ने गरेको बताए ।

अहिले दुई तिहाई नजिकको सरकारले समेत निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको उनले बताए । उनले रास्वपा नेतृत्वसँगको छलफलमा निजीले भोग्नुपरेको समस्यामा बारेमा जानकारी गराइएको उल्लेख गरे । 

उनले महासंघको साधारणसभाबाट नयाँ कार्यसमिति चयन चुनावी प्रक्रियाबाट हुने निश्चित भएको भन्दै चुनावी प्रक्रियालाई स्वच्छ बनाउन आग्रह गरे । 

नयाँ कार्यसमिति चयनपछि एक भएर महासंघलाई अघि बढाउन उनले आग्रह गरे । महासंघको ६० औं साधारणसभा सोमबारबाट सुरु हुँदैछ । 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि