संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय « Khabarhub

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पुनर्विचारका लागि आइतबार सरकारलाई फिर्ता पठाएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा पेश गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पुनर्विचार गर्न सरकारतर्फ पठाइएको हो।

विज्ञप्तिमा यसअघि त्यही विषयको विधेयक २०८२ असार २५ गते प्रमाणीकरणका लागि पेश भएकोमा सन्देशसहित फिर्ता गरिएको स्मरण गराइएको छ।

यसका साथै, २०८२ मंसिर २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार आएको अध्यादेश पनि जारी नभएको उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलले पछिल्लो पटक यही वैशाख १४ गते बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको अध्यादेशको विषयवस्तुमाथि पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको जनाएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ५ : ४८ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को