बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका « Khabarhub

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् ।

उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्।

बालेनलले चारवटा मन्त्रालयलाई खारेज गरेर सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालयअन्तर्गत राख्ने तयारी गरेका छन् ।

यस्तै एकीकृत पूर्वाधार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालयले पूर्वधार क्षेत्र सफाइको ढल निकाससम्बन्धी काम गर्ने बनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक सचिवालय सदस्यका अनुसार युवा तथा खेलकुद, सहरी विकास खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अब अस्तित्वमा नरहने भएका छन् ।

१७ मन्त्रालयको खाका तयार पारिसकेकाले यसलाई बालेनले मन्त्रिपरिषद्बाट पास गर्ने चरणमा लगेका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा मन्त्रालयसमेत थपिने भएको छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयलाई एउटै क्षेत्रमा गाभिएको छ।

बालेनले परिकल्पना गरेका १७ मन्त्रालय

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. अर्थ मन्त्रालय
३. गृह मन्त्रालय
४. परराष्ट्र मन्त्रालय
५. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
७. शिक्षा तथा खेलकुद मन्त्रालय
८. कृषि भूमि सहकारी तथा ग्रामीण विकास मन्त्रालय
९. सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय
१०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय
११. युवा तथा रोजगार मन्त्रालय
१२. ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालय
१३. एकीकृत पूर्वाधार मन्त्रालय
१४. वन पर्यावरण तथा जलवायु मन्त्रालय १५ संस्कृति पर्यटन तथा नागरिक उद्यायन मन्त्रालय
१६. सञ्चार मन्त्रालय
१७. रक्षा मन्त्रालय

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ६ : ३७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली