साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेश भिड्दै नेपाल « Khabarhub

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेश भिड्दै नेपाल


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दै छ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा र कप्तान रेनुका नगरकोटीले खेलको ६० औँ मिनेटमा गोल गरे ।

यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका थिए । यस्तै समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा पटक-पटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि चुम्न सकेको छैन । यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली गोवा प्रस्थान गरेको हो ।

नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ७ : ५७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण