साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेश भिड्दै नेपाल « Khabarhub

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज बंगलादेश भिड्दै नेपाल


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दै छ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गरेको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा र कप्तान रेनुका नगरकोटीले खेलको ६० औँ मिनेटमा गोल गरे ।

यसअघि समूहको पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको नेपाल दुई खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहन सफल भएको हो । समूह ‘ए’ मा नेपालसँगै भुटान र श्रीलंका रहेका थिए । यस्तै समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको नियमअनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगेका हुन् ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा पटक-पटक फाइनल पुगेर पनि नेपालले हालसम्म उपाधि चुम्न सकेको छैन । यसपटक ऐतिहासिक उपाधि जित्ने स्पष्ट लक्ष्यका साथ नेपाली टोली गोवा प्रस्थान गरेको हो ।

नेपाल र बंगलादेशबीचको यो कडा प्रतिस्पर्धा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : ५७ बजे

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर