दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित « Khabarhub

दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित भएका छन् ।

काठमाडौँमा मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट बराइलीको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र बागमती प्रदेशबाट सुशील दर्नाल (रासस) निर्वाचित भएका छन् ।

यसैगरी, नरभूपाल विक (गण्डकी प्रदेश), मानसिंह विक (म्बिनी प्रदेश), टेकेन्द्र रसाइली (कर्णाली प्रदेश) र प्रेम विक (सुदूरपश्चिम प्रदेश) र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।

महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ८ : ०२ बजे

सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध

सिन्धुपाल्चोक– नेपाली सेनाको यहाँस्थित इन्द्रध्वज गणले पाँच पोखरीमा लागेको धार्मिक

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग

रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने

काठमाडौं– रसुवा बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद