एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै « Khabarhub

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आजदेखि सुरु हुँदैछ ।

कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओली बिहान ११ बजे बबरमहलमा उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव महेश बस्नेतले जानकारी दिए ।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको बस्नेतले बताए ।

संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण कडीको रुपमा लिइएको कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ ।

कार्यशालामा संगठन विभागका प्रमुख भानुभक्त ढकाल तथा सदस्यता नवीकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले कार्यपत्र प्रष्तुत गर्ने छन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १० : ४१ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय