पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान « Khabarhub

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ ।

रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ गतेदेखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यस बीचमा रगत अभाव हुनसक्ने अवस्था आएकाले आकस्मिक रक्तदानका लागि सबैमा आह्वान गरिएको बताए ।

‘रक्त अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहहरूलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका छौँ । सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावना राखेर रक्तदान गरिदिनुहोला । यहाँ रगतको माग बढी हुने भएकाले नियमितजस्तो कार्यक्रम हुनुपर्दछ’, उनले भने ।

पोखरा प्रदेश राजधानीसमेत भएकाले यहाँ अन्य जिल्लाबाट समेत बिरामीहरू रिफर भएर आउने गरेकाले यहाँ रगतको माग उच्च हुने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १० : ५३ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन