वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात « Khabarhub

वीरगञ्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १० महिनामा २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

चालु आवमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड मूल्यको मकै आयात र दुई अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी ५९ करोड मूल्यको माल्ट र ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ११ : २६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने