नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत « Khabarhub

नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५ अर्ब ५० करोड ऋण स्वीकृत


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप ऋण सहायता उपलब्ध गराउने भएको छ।

जापानले ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड रुपैयाँ) थप ऋण प्रदान गर्ने भएको हो। यस सम्बन्धी समझदारीपत्रमा बुधबार नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएडा तोरुले हस्ताक्षर गरेका छन्।

नेपालस्थित जापानी दूतावासका अनुसार थप ऋण सहायता स्वीकृत भएसँगै उक्त आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको छ।

यसअघि सन् २०१६ को डिसेम्बरमा जापानले आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहायता उपलब्ध गराएको थियो।

निर्माण कार्यमा भएको ढिलाइ, निर्माण सामग्री तथा सेवाको मूल्यवृद्धि र विभिन्न प्राविधिक कारणले आयोजनाको लागत बढेपछि थप बजेट आवश्यक परेको थियो। सोही आवश्यकतालाई सम्बोधन गर्न जापानले अतिरिक्त ऋण सहायता उपलब्ध गराएको हो।

सन् २०१९ देखि निर्माण सुरु भएको नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १२ : ३५ बजे

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण