सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल  « Khabarhub

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल 


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सरकारले पहल सुरु गरेको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच देशभरीका सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गर्ने, तिनको प्राविधिक मूल्याङ्कन गर्ने तथा राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्नेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा अस्पतालहरूमा उपलब्ध उपकरणहरूको प्रभावकारी उपयोगमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक सहकार्य अगाडि बढाउने विषयमा समेत सहमति भएको बताइएको छ । 

यस पहलबाट लामो समयदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणहरू पुनः सञ्चालनमा आउँदा सरकारी अस्पतालहरूको सेवा प्रवाहमा सुधार हुने तथा बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १२ : ३३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली