सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल  « Khabarhub

सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल 


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सरकारले पहल सुरु गरेको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच देशभरीका सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको अवस्था पहिचान गर्ने, तिनको प्राविधिक मूल्याङ्कन गर्ने तथा राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्नेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा अस्पतालहरूमा उपलब्ध उपकरणहरूको प्रभावकारी उपयोगमार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक सहकार्य अगाडि बढाउने विषयमा समेत सहमति भएको बताइएको छ । 

यस पहलबाट लामो समयदेखि प्रयोगविहीन रहेका स्वास्थ्य उपकरणहरू पुनः सञ्चालनमा आउँदा सरकारी अस्पतालहरूको सेवा प्रवाहमा सुधार हुने तथा बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १२ : ३३ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय