‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’ « Khabarhub

‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन्।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले आफूले बयान नदिए पनि आयोगले दिएको भनेर प्रतिवेदनमा उल्लेख गरेको बताएका हुन्।

उनले भदौ २३ र २४ गतेको घटना कार्कीकै योजनामा भएको समेत आरोप लगाए।

‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो। आयोगले पठाएको प्रश्नावली मैले बुझेको पनि छैन, बुझ्न पनि मानिनँ। मैले यो आयोगलाई मान्यता दिँदिनँ भनेर लिखित रूपमा पठाएको थिएँ। किन बयान दिन्नँ भन्ने कारण पनि स्पष्ट पारेको थिएँ,’ ओलीले भने।

उनले आफूले बयान नदिएको विषयलाई बेवास्ता गर्दै आयोगले आफ्नो प्रतिष्ठा जोगाउन बयान दिएको उल्लेख गरेको हुन सक्ने टिप्पणी गरे।

‘त्यो उनीहरूको इज्जत जोगाउन गरिएको होला। त्यसमा मैले भन्नु केही छैन। मैले बयान दिइनँ,’ उनले भने।

ओलीले हाल गठन गरिएको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छानबिन समितिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : ०७ बजे

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको