‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’ « Khabarhub

‘कार्की आयोगले बयान दियो भनेर हुँदै नभएको कुरा प्रतिवेदनमा हालिदिएछ’


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन्।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले आफूले बयान नदिए पनि आयोगले दिएको भनेर प्रतिवेदनमा उल्लेख गरेको बताएका हुन्।

उनले भदौ २३ र २४ गतेको घटना कार्कीकै योजनामा भएको समेत आरोप लगाए।

‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो। आयोगले पठाएको प्रश्नावली मैले बुझेको पनि छैन, बुझ्न पनि मानिनँ। मैले यो आयोगलाई मान्यता दिँदिनँ भनेर लिखित रूपमा पठाएको थिएँ। किन बयान दिन्नँ भन्ने कारण पनि स्पष्ट पारेको थिएँ,’ ओलीले भने।

उनले आफूले बयान नदिएको विषयलाई बेवास्ता गर्दै आयोगले आफ्नो प्रतिष्ठा जोगाउन बयान दिएको उल्लेख गरेको हुन सक्ने टिप्पणी गरे।

‘त्यो उनीहरूको इज्जत जोगाउन गरिएको होला। त्यसमा मैले भन्नु केही छैन। मैले बयान दिइनँ,’ उनले भने।

ओलीले हाल गठन गरिएको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छानबिन समितिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १ : ०७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली