म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु « Khabarhub

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा म्यानमाका तीन आप्रवासी कामदारको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

थाइ प्रहरीले बुधबार दिएको जानकारीअनुसार म्यानमाको करेन राज्यसँग सीमा जोडिएको थाइल्यान्डको टाक प्रान्तमा उक्त घटना भएको हो। स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुङ्कोङका अनुसार ड्रोन सीमावर्ती क्षेत्रमा रहेको एक रूखमा ठोक्किएपछि विस्फोट भएको थियो।

विस्फोटका बेला नजिकैको खेतमा काम गरिरहेका मजदुरहरू प्रभावित भएका थिए। घटनामा मृत्यु भएका तीनै जना म्यानमाका आप्रवासी कामदार रहेको प्रहरीले पुष्टि गरेको छ।

घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यानमामा गृहयुद्ध जारी छ। त्यहाँको सेना प्रजातन्त्र समर्थक गुरिल्ला समूह तथा विभिन्न जातीय सशस्त्र संगठनसँग लडिरहेको छ।

म्यानमाको सीमावर्ती क्षेत्र विभिन्न जातीय समुदायको बसोबास क्षेत्र हो। तीमध्ये धेरै समूहले सन् १९४८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त भएदेखि नै स्वायत्तता र प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रणका लागि सरकारसँग संघर्ष गर्दै आएका छन्।

थाई अधिकारीहरूका अनुसार सैन्य र विद्रोही दुवै पक्षले युद्धमा ड्रोन प्रयोग गर्दै आएका छन्। तर थाइल्यान्डमा विस्फोट भएको ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार म्यानमाको सेनासँग भएको भिडन्तपछि सीमावर्ती क्षेत्रका धेरै बासिन्दा सुरक्षा खोज्दै थाइल्यान्डतर्फ पलायन गरेका छन्।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : ४७ बजे

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई