ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन « Khabarhub

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली जनतालाई हेप्ने काम गरेको आरोप लगाएका छन्। उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले असत्य र राष्ट्रघाती अभिव्यक्ति दिएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका हुन्।

ओलीले नेपालले कुनै पनि हिसाबले भारतको एक इन्च पनि जमिन नमिचेको स्पष्ट पार्दै प्रधानमन्त्रीले देशद्रोही कुरा गरेको बताएका छन्। ‘प्रधानमन्त्रीले देशद्रोही कुरा गर्दा कतिले समर्थन गरेको देख्दा अचम्म लागेको छ। सीमाबारे दुई देशको विषयमा अर्को देशलाई तान्ने कुरा कूटनीतिक हुँदैन। संसदको रोस्ट्रमबाट असत्य, झुट र राष्ट्रहित विपरीतका कुरा भयो,’ ओलीले भने।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रश्न पनि उठाए। ‘नेपालको विपक्षमा बोल्ने काम भयो, त्यस दिन सदन गएर कसको हितमा बोलियो?’ भन्दै ओलीले आलोचना गरे।

ओलीले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘नेपाल तपाईंको घरको सम्पत्ति होइन’ भन्दै टिप्पणी गरेका छन्। उनले भने, ‘हाम्रा छिमेकीसँगका विषय दुईपक्षीय रूपमा समाधान गरिन्छ, त्यसमा तेस्रो पक्षलाई सहभागी गराइँदैन। नेपाल तपाईंको घरको सम्पत्ति होइन, तपाईं जन्मिनुभन्दा धेरै अगाडिदेखिको देश हो।’

वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रामक देखिएका ओलीले सरकार धेरै अगाडि नजाने दाबीसमेत गरेका छन्।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  २ : ०८ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा