‘न्यायाधीश र कर्मचारी मिलेर मात्रै न्यायालय सुधार्न सकिन्छ’ « Khabarhub

‘न्यायाधीश र कर्मचारी मिलेर मात्रै न्यायालय सुधार्न सकिन्छ’


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो पर्यन्त हुने बताएका छन् । 

सर्वोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो पर्यन्त हुने बताएका हुन् । 

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए । 

संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनले बताए ।

प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र थप जनउत्तरदायी बनाउन सके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा राखे । 

उनले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वयात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए । 

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ३ : ४९ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय