भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै « Khabarhub

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भायानेट कम्युनिकेसन्सले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८०० रुपैयाँ प्रतिवर्ष (करसहित) उपलब्ध गराएको छ । 

कम्पनीका अनुसार यस अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र १ हजार रुपैयाँ डिपोजिट मात्र लाग्नेछ ।  

ग्राहकले यस प्याकेजसँगै भायाटिभी २५० रुपैयाँ प्रति महिना करसहितमा थप गर्न सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन् । साथै, वार्षिक प्याकेज लिने ग्राहकले पहिलो सेट-टप-बक्सका लागि २ हजार २६० रुपैयाँ पर्ने शुल्क नलाग्ने सुविधा पाउनेछन् । सेट-टप-बक्सका लागि १ हजार रुपैयाँ डिपोजिट लाग्नेछ ।

भायानेटले डामी एपसँग पनि सहकार्य गरेको जनाएको छ । यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको १ वर्षको डामी सदस्यता निःशुल्क पाउनेछन् । डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सकिन्छ र यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनमा लागू हुनेछ ।

भायानेटले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि उपलब्ध गराएको छ । ग्राहकले ९९९ रुपैयाँ प्रति टिभी तिरेर भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानलमा विश्वकपका खेल प्रत्यक्ष हेर्न सक्नेछन् ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ६ : २३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण