रौतहटमा बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु « Khabarhub

रौतहटमा बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ८ : ५१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,