लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त « Khabarhub

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्।

नवगठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । जसअनुसार नेकपा (एमाले)बाट चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

एमालेतर्फ तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री बनेका छन् भने रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालय जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए, जसलाई अब नयाँ मन्त्रीले प्रतिस्थापन गरेका छन् ।

प्रदेश सरकार स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारलाई थप प्रभावकारी र कार्यसम्पादनमुखी बनाउने उद्देश्य राखिएको छ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी जेठ २५ गते सोमबारका लागि तय गरिएको छ। शपथपछि नयाँ मन्त्रीहरूले औपचारिक रूपमा आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

लुम्बिनी प्रदेशमा भएको यो मन्त्रिपरिषद् पुनर्गठनलाई राजनीतिक रूपमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले प्रदेश सरकारको आगामी कार्यदिशा र नीति कार्यान्वयनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १० : १० बजे

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

सङ्खुवासभा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको चटारो : मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

सुर्खेत– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

धनकुटा– धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ–  कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा

अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँ– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा कसरी आफ्नो मूल